५ असार काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले विदेश पुगेर इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।
अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । अस्मिताले सामाजिक सञ्जाल फेस्बुकमा लेखिन दुई आत्मा, एक मुटु, सधैं सँगै भने शब्द लेखे कि थिइन् ।
महेशले अस्मितालाई इन्गेजमेन्टमा औंठी लगाइदिंदै गरेको देखिन्छ ।अस्मिता पछिल्लो समयकी सर्वाधिक व्यस्त गायिका हुन् भने महेश पनि सांगीतिक क्षेत्रका सक्रिय कलाकार हुन् ।

तस्वीर : अस्मिता अधिकारीको फेसबुकबाट