५ असार काठमाडौँ । सिन्धुलीको मध्यपहाडी लोकमार्ग सडकमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ । पहिरो गोलन्जोर गाउँपालिका १ को कुँडुलेमा बुधबार बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो ।
ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा,खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । अहिले यस पहिरो पनछाउने काम भइ रहेको छ । प्रहरीका अनुसार केही समयमा सवारी आउत जाउत हुने बताए ।