Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले समेत  चिकित्सा शिक्षातर्फ प्रवेश परीक्षामा सहभागी हुन पाउने 

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले समेत  चिकित्सा शिक्षातर्फ प्रवेश परीक्षामा सहभागी हुन पाउने 

जोईन खबर

५, आषाढ २०८१
  • 802
    SHARES
  • कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले समेत  चिकित्सा शिक्षातर्फ प्रवेश परीक्षामा सहभागी हुन पाउने 

    ५ असार काठमाडौँ । यो बर्षदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरले  पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको  प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

    images

    कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था चिकित्सा शिक्षा आयोगले गरेको हो ।यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनु पर्ने र  नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले जानकारी दिए ।

    images
    images
    images

    कक्षा १२ को नतिजा नआइसकेको भए पनि यस पटकदेखि  भदौमा हुने परीक्षामा सहभागी पाउने व्यवस्था मिलाएको जानकारी काप्रीले दिए । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् । चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि ९पहिलो संसोधन० २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।

    एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २।४ जीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ  आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म तोकेको छ ।

    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - १४:१७:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको