Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने

  प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने

रासस

५, आषाढ २०८१
  • 841
    SHARES
  •   प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने

    कास्की ५ असार । कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो ।

    images

    समूह चरणका तीनवटै खेल जितेको स्याङ्जाले ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १५ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ७५ रनमा समेटियो ।नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रन, कमल परियारले २२ बलमा १८ तथा सुदिप अर्यालले १२ रनको योगदान दिए ।

    images
    images
    images

    बलिङतर्फ स्याङजा ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्रीले दुई तथा अङ्कित न्यौपानेले दुई विकेट लिए । खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नुप¥र्यो । स्याङजाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको क्षतिमा ७९ रन बनायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ तथा प्रदिप पाण्डेले अविजित ११ रन बनाए ।

    बलिङतर्फ नवलपुरका लागि कमल परियारले चार ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर तीन विकेट लिए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित ६ रन दिएर दुई विकेट लिए । गण्डकी प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । 

    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - १७:१४:०६ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको