६ असार काठमाडौँ । आईसीसी टी- २० विश्वपक मा नेपाली राष्ट्रिय क्रिकेट टोली समूह चरणमै खेल टुंग्याए स्वदेश फर्किएको छ । खेलाडीहरु नेपाल आउने क्रममा दुई समूह मध्ये पहिलो समूह हिजो १ बजे अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका थियो ।
त्यसै तालिका अनुसार उनीहरु नेपाल अवतरण भएको छन् । अमेरिकाको लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्डसँग ६ विकेटले पराजित भए भने त्यसै को दोस्रो खेल वर्षाका कारण श्रीलंककाविरुद्ध रद्द भई अंक बाडिएको हो ।

तेस्रो दक्षिण अफ्रिका र चौथो खेल बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो ।त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश साग २१ रनले पराजित भएको थियो ।

दुबै खेलको अधिकांश समय विपक्षीलाई दवाबमा राखे पनि फिनिसिङ गर्न नसक्दा नेपाल पराजित भएको थियो । जित नजिक पुगेर पनि हार बेहोर्दा खेलाडीहरु निरास बनेका छन् । त्यसैले उनीहरु दास्रो चरणको खेलमा सहभागि हुन सकेनन् । दुई समूहमा आएका खेलाडीलाई नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरि दोसोला र माला ओढाएर सम्मान गरिएको थियो ।
