६ असार काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफनो फ्यानहरुले गरेको समर्थन र प्रोत्साहनको लागि खुशी व्यक्त गरेका छन् । मंगलबार साझा सामाजिक संजालमा एक स्टाटस शेयर गर्दे नेपाली क्रिकेट टीमका लेग स्पिनर लामिछानेले सबै फ्यानहरुमा आभार व्यक्त गरेका हुन् ।
किक्रेटर लामिछानेले आफ्नो फेसबुकमा लेखेका थिए ,सबै हिजो जस्तै लाग्छ। तपाईं सबैले मलाई बाटोमा दिनुभएको अटल समर्थन र प्रोत्साहनको लागि म आभारी छु लेख लेखेका थिए ।
फ्यानहरुले दिएका हरेक आशिष एक अतिरिक्त जिम्मेवारी लाग्ने समेत बताएका छन् । ‘यो यात्रा भरि तपाईंको सहयोग ठूलो दृढता र बलको स्रोत भएको छ। म धेरै उपलब्धिहरू र आनन्दका क्षणहरू साझा गर्न तत्पर छु समेत लेखेका थिए ।