६ असार काठमाडौँ । गण्डकी प्रदेशका संसाद फणीन्द्र देवकोटाले नेकपा माओवादी केन्द्र विरुद्व आज सर्वाेच्च अदालत पुगी रिट दिएका छन् ।संसाद देवकोटाल नेकपा माओवादी केन्द्रको सिफारिसमा सांसद पदबाट मुक्त भएपछि सर्वोच्च अदालत जाने निर्णय गरेका थिए ।
उनी नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेपछि सर्वोच्च जाने बताएका हुन् । नेपाल समाजवादी पार्टीका नेता समेत रहेका उनी माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सांसद पद जितेका थिए ।गण्डकी प्रदेश सभाबाट निलम्बनमा परे लगत्तै शुक्रवार पत्रकार सम्मेलन गरेर उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरि अाज सर्वाेच्च अदालत रिट दिएका छन् ।
उनले सबै खालको प्रतिवाद गर्ने पनि चेतावनी दिए । जेठ २८ गते देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्विप उलङ्घनको आरोपमा माओवादीले देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रवार बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए । त्यसै विरुद्व आज उनले सर्वोच्च अदालत पुगी रिट दिएको फोटो सार्वजानिक गरेका हुन् ।