७ असार काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरको मूल्य नयाँ रेर्कडमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलरको आजको खरिददर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ।
यो डलरको हालसम्मकै उच्च मूल्य हो।यस अघि गत जेठ ३० गते, बुधबार डलरको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको थियो।यस दिन युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ १२ पैसा र बिक्रीमा ८९ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ।यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा तोकेको छ।।