Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा बन्द हुने  भनिएको  मेलम्चीको खानेपानी तत्काल बन्द नहुने

काठमाडौँमा बन्द हुने  भनिएको  मेलम्चीको खानेपानी तत्काल बन्द नहुने

जोईन खबर

७, आषाढ २०८१
  • 751
    SHARES
  • काठमाडौँमा बन्द हुने  भनिएको  मेलम्चीको खानेपानी तत्काल बन्द नहुने

    ७ असार काठमाडौँ । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी तत्काल बन्द नहुने जानकारी आएको छ । शुक्रबारदेखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिरिएपनि पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर मेलम्ची खानेपानी सप्लाई भइरहेको मेलम्ची खानेपानी विकास समितिले  जनाएको  ।

    images

    खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तीलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुने समितिको भनाइ छ  ।बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको समितिले जानकारी दिएको छ । पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको   मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

    images
    images
    images

    मनसुन अवधिमा विपत्तिको जोखिम बढ्ने भन्दै २४ घण्टा नै कर्मचारी हाइअलर्टमा खटाइएको पनि लामिछानेले बताएका छन् ।मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि बर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने गरेको थियो । पहिले दैनिक १७ करोड लिटर पानी वितरण गरिने भनिएकाे थियाे ।

    सरकारले गत ३१ जेठ गते आयोजना बन्द गर्ने निर्णय गरेको थियो । साे समयमा नेपालका मनसुन भित्रिए पनि पूर्वी भू-भागमा मात्रै सक्रिय भए पनि वागमतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १२:४९:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको