९ असरा काठमाडौँ । बुद्ध एयरले अब काठमाडौं टु भरतपुर ठूलो जहाज उडानमा ल्याउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग छोटो भएका कारण विगतका समयहरुमा ४२ सिटे जहाजबाट उडान गर्दै आए पनि अब आउने दिनहरुमा बुद्ध एयरले ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।
अब एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी गरि रहेको बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिए ।गत साता श्री एयरले काठमाण्डौँ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।
काठमाडौं–भरतपुर दैनिक नौ वटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ ।भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।