Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्याकुरेलले गरे राजदूत पदको लागि अस्वीकार ,सिफारिस फिर्ता लिन सरकारसँग माग  

प्याकुरेलले गरे राजदूत पदको लागि अस्वीकार ,सिफारिस फिर्ता लिन सरकारसँग माग  

जोईन खबर

९, आषाढ २०८१
  • 1.0K
    SHARES
  • प्याकुरेलले गरे राजदूत पदको लागि अस्वीकार ,सिफारिस फिर्ता लिन सरकारसँग माग  

    ९ अुार काठमाडौँ ।  तीन दिन अघि मात्र राजदूत नियुक्ति भएका सुशील प्याकुरेलले पदको लागि  अस्वीकार गरेका छन्। गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक प्याकुरेललाई बिहीबार सरकारले दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरेको थियो।राजदूत बन्न स्नातक तह पास भएको हुनुपर्छ।

    images

    त्यही विषयमा अड्किएर उनले आफू नजाने बताएको हुनसक्ने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। राजदूतलगायतको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सर्वोच्चले योग्यता कायम हुनुपर्ने नजिर स्थापना गरेकाले त्यो निर्णय मन्त्रिपरिषद‌बाट  हटाउन नमिल्ने भएपछि प्याकुरेलले पद अस्वीकार गरेको परराष्ट्र मन्त्रालयका एक सहसचिवको बुझाइ छ।

    images
    images
    images

    प्याकुरेलले आफूले दिएको वक्तव्यमा पनि राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्यको कुरा उठाएका छन्।

    राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित बनेको सुशील प्याकुरेलको भनाई छ । 

    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - १७:१६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको