१० असार काठमाडौँ । साउदी अरेबियामा अत्यन्त गर्मीको बेलामा लामो दूरीको यात्रा गर्ने एक हजार ३०१ हजयात्रीको मृत्यु भएको छ । यसपालिको हजका क्रममा ५० डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो । हजयात्रीको मृत्युका विषयमा व्यवस्थापनको कमजोरी देखाउँदै साउदी अरेबियाको आलोचना गरिएको छ ।
ज्यान गुमाएका मध्ये कतिपय धेरै वृद्ध र रोगबाट पीडित रहेका सरकारी अधिकारीले जनाएका छन् ।स्वास्थ्यमन्त्री फाहद अल जलाजेलले ‘हिट’बाट उत्पन्न हुने तनाव र त्यसलाई हजयात्रीले कसरी सामना गर्ने भन्ने बारेमा चेतना फैलाउने प्रयास गरिएको जनाएका छन् । करिब पाँच लाख मानिसलाई स्वास्थ्य सुविधा पुर्याइएको उनले बताएका छन् ।एक लाख ४० हजार मानिस – जसलाई हजमा जान अनुमति थिएन, उनीहरूमध्ये केही हिटका कारण सिर्जित समस्याले अस्पतालमा रहेका उनले जनाएका छन् ।
हजका क्रममा मक्काको तापक्रम ५१।८ डिग्री सेल्सियससम्म पुगेको स्थानीय मौसम विभागले उल्लेख गरेको छ ।इजिप्टका ६५८ जनाको त्यहाँ मृत्यु भएको स्थानीय कूटनीतिज्ञले बताएका थिए । इन्डोनेसियाका २०० जनाको मृत्यु भएको जनाइएको छ । भारतका ९८ मानिसको त्यहाँ मृत्यु भएको थियो ।पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडान र इराकको कुर्दिस्तान क्षेत्रका मानिसको पनि त्यहाँ मृत्यु पुष्टि गरिएको छ ।करिब १।८ मिलियन मानिस हज गर्न यसपालि मक्का गएका साउदी सरकारले जनाएको छ । बीबीसी