Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेलम्चीमा बाढीले अस्थायी पुल बगायो

मेलम्चीमा बाढीले अस्थायी पुल बगायो

रासस

१०, आषाढ २०८१
  • 796
    SHARES
  • मेलम्चीमा बाढीले अस्थायी पुल बगायो

    १० असार काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल बगाएको छ । पुल बगाएपछि मेलम्ची दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायत ठाउँमा ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।

    images

    तीन वर्षअघिको बाढीले पुल बगाएको ठाउँ मेलम्ची नगरपालिका ११ को फट्टेमा बनाइएको अस्थायी पुल गएरातिको बाढीले बगाएको वडा अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

    images
    images
    images

    गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेपछि बाढी आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ ।

    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - ११:१२:४० बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको