Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता नेपाललाई पाँच स्वर्णसहित सात पदक

सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता नेपाललाई पाँच स्वर्णसहित सात पदक

जोईन खबर

११, आषाढ २०८१
  • 727
    SHARES
  • सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता नेपाललाई पाँच स्वर्णसहित सात पदक

    ११ असार काठमाडौा । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जिते हुन् ।

    images

    नेपालले थप १ रजत र १ कांस्य पनि जित्यो । नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो ।पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे ।

    images
    images
    images

    भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा  यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे  । नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १०:४५:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको