Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिमसेन थापा तान्द्राङका भगिरथ भन्ने कृण्णप्रसाद सोडारी पुर्पक्षका लागि कारागार चलान 

भिमसेन थापा तान्द्राङका भगिरथ भन्ने कृण्णप्रसाद सोडारी पुर्पक्षका लागि कारागार चलान 

जोईन खबर

११, आषाढ २०८१
  • 655
    SHARES
  • भिमसेन थापा तान्द्राङका भगिरथ भन्ने कृण्णप्रसाद सोडारी पुर्पक्षका लागि कारागार चलान 

    ११ असार काठमाडौँ । गोरखाको  भिमसेन थापा गाउँपालिका वडा न २ तान्द्राङका भगिरथ भन्ने कृण्णप्रसाद सोडारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोडारी नाबालिका बलात्कार आरोप लागेका उनलाई गोरखा जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

    images

     सोडारीले जेठ १६ गते साझा पख इ कुमारी’ नाम परिवर्तनलाई बारीमा घाँस काट्दै गरेको अवस्थामा बलजफ्ती समाती नजिकैको गोठमा लगेर डर–त्रास तथा धाक–धम्की दिएर बलात्कार गरेको आरोप लागेको प्रहरी सूचना अधिकारी श्रेष्ठले बताए । 

    images
    images
    images

    घटना थाहा पाउने बितिकै  पिडित पक्षतर्फबाट किटानी जाहेरी परेपछी भगिरथलाई प्रहरीले १६ गते नै उनको घरबाट नियन्त्रणमा लिएर १७ गते जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गराएको थियो ।

    घटनाको अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालय गोरखाले असार १० गते सोमबार सरकारी वकिलको कार्यालय मार्फत राय सहित गोरखा जिल्ला अदालत पेश गर्दा अदालतको आदेशले भगिरथलाई पुर्पक्षका लागि कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - ११:०९:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको