Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बंगलादेशलाई   ८ रनले हराउँदै अफगानिस्तान  सेमिफाइनलमा प्रवेश 

बंगलादेशलाई   ८ रनले हराउँदै अफगानिस्तान  सेमिफाइनलमा प्रवेश 

जोईन खबर

११, आषाढ २०८१
  • 676
    SHARES
  • बंगलादेशलाई   ८ रनले हराउँदै अफगानिस्तान  सेमिफाइनलमा प्रवेश 

    ११ असार काठमाडौँ ।  आइसिसी टि(ट्वान्टी विश्वकपमा आज भएको खेलमा बंगलादेशलाई ८ रनले हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले हराएको हो ।अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    images

    अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने छन् । सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर ११५ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ५५ बलमा ४३ रन बनाएका थिए । 

    images
    images
    images

    बंगलादेशले जितका लागि १९ ओभरमा ११४ रन बनाउनुपर्ने थियो । तर ७ बल बाँकी छँदा बंगलादेश १०५ रनमा समेटियो । बंगलादेशका लागि ओपनर लिटन दास इनिङको सुरुवात देखि अन्तिमसम्म क्रिजमा डटेर अविजित रहे ।

    लिटनले ५४ रन  टोहिद हृदोयको १४ रन बनाएका थिए । अफगानिस्तानका लागि नभिन-उल-हक र राशिद खानले समान ४-४ विकेट लिए । फजलहक फरूकी र गुलबदिन नैबले समान १-१ विकेट लिए ।राशिद खानले १९ रन बनाउँदा इब्राहिम जाद्रानले १८ रन बनाए ।बंगलादेशका लागि ऋषाद होसेनले ३ तथा तास्किन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिएका हुन् । 

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - ११:२९:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको