११ असार काठमाडौँ । मकवानपुरमा एक घरले जंगली च्याउको तरकारी खाँदा एक जना मृत्यु ४ जनाको अवस्था गम्भीर भएको छ ।त्यस परिवारमा ५ जना मध्ये एक जना बुबाको मृत्यु भएको हो । अरु चारजना गम्भीर अवस्थामा उपचार भई रहेको छ ।
यस घटना राक्सिराङ गाउँपालिकावडा न ७ दगुबाङका दलबहादुर प्रजा ९चेपाङ० का सबै परिवारले नै जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु र अरु ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शनिबार साँझको खानामा जंगलबाट ल्याएको च्याउको तरकारी खादा घरमुली ५५ वर्षीय दलबहादुरको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए।
दलबहादुर बिरामी पछि उपचारको क्रममा आइतबार साँझ साढे ६ बजे भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर पण्डितले जानकारी दिए । घटनामा च्याउ खाएर गम्भीर बिरामी भएका दलबहादुरलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडा न ७ का वडाध्यक्ष रामबहादुर चेपाङको भनाई छ ।
गम्भीर अवस्थामा रहेका दलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया, छोरीहरु १५ वर्षीया रेञ्जु, ८ वर्षीया सिवना र १० वर्षीया छोरा सुशीलको अवस्था गम्भीर छ। उनीहरूको चितवनको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।