Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुरका  महर्जन पक्राउ  

रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुरका  महर्जन पक्राउ  

जोईन खबर

११, आषाढ २०८१
  • 910
    SHARES
  • रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुरका  महर्जन पक्राउ  

    ११ असार काठकाडौँ । वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुररका  महर्जन पक्राउ परेका छन् । यस घटनामा पक्राउ पर्ने ललितपुर महानगरपालिका वडा न ८ का ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।

    images

    मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसार उनले श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीको पठाउने भनि झुक्याई भिजिट भिसामा दुबईमा पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्ट अफिसमा लागि बेचबिखन गरेको खुल्नको छ ।

    images
    images
    images

    दुवईबाट २०८० चैत १९ गते उद्दार गरे पश्‍चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुवई पुर्‍याई  शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ । 

    महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट  ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १४:४३:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको