Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तपाईं कुनै दिन प्रधानमन्त्री हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु :  प्रधानमन्त्री प्रचण्ड

तपाईं कुनै दिन प्रधानमन्त्री हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु :  प्रधानमन्त्री प्रचण्ड

जोईन खबर

११, आषाढ २०८१
  • 967
    SHARES
  • तपाईं कुनै दिन प्रधानमन्त्री हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु :  प्रधानमन्त्री प्रचण्ड

    ११ असार काठमाडौँ । आज मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने कार्यक्रम  भइ रहेको थियो ।परराष्ट्रमन्त्रायलले जबाफ  दिने समयमा  परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नै परराष्ट्र मन्त्रालयको पनि कार्यभार सम्हालेका छन्।

    images

    त्यसैले प्रधानमन्त्री दाहाल सांसदहरूका प्रश्नमाथि जबाफ दिन रोस्टमा पुग्नु भएको थियो ।प्रधानमन्त्री दाहालले दिएका जबाफमा चित्त नबुझेर सांसदहरूले थप प्रश्नसमेत सोधेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री र सरकार छ कि छैन भन्ने प्रश्न सोधेका थिए।रुसी सेनामा अलपत्र नेपालीहरूले भारत सरकारको सहयोग मागेको प्रसंग सुनाउँदै उनले रुस–युक्रेन युद्धमा गएका नेपालीलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए।नेपालमा प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न, सरकार छ कि छैन भने ।

    images
    images
    images

    नेपालमा प्रधानमन्त्री छ कि छैन भन्ने प्रश्न गर्ने माननीय यहीँ हुनुहुन्छ कि जानुभयोरु भन्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।त्यसपछि ज्ञानेन्द्र शाहीले छु भन्दै हात उठाएका थिए।  ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ दाहालले भने, ‘सरकारले पठाएर नेपाली नागरिक रुसी सेनामा त गएका होइनन्।

    प्रधानमन्त्री दाहालले राति १२ बजे पनि रुस(युक्रेन लडाइँमा रहेका नेपालीहरूसँग आफूले कुरा गर्ने गरेको बताए।‘मोर्चामा भएका, लडाइँ लड्दै गरेका नेपालीहरूसँग राति १२ बजे फोनमा कुरा गर्ने गरेको छु। उनीहरूलाई फिर्ता ल्याउन राय लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यस्तो प्रधानमन्त्री तपाईं कुनै दिन हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म हेर्न चाहन्छु।’

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १६:५६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको