Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पारा तथा विशेष खेलकुद सुरु

पारा तथा विशेष खेलकुद सुरु

जोईन खबर

११, आषाढ २०८१
  • 688
    SHARES
  • पारा तथा विशेष खेलकुद सुरु

    ११ असार काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पारा खेल संघहरुको व्यवस्थापनमा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । फरक क्षमता भएका खेलाडीहरुको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यकले प्रतियोगिता आयोजना गरेको हो ।

    images

    प्रतियोगिताको उद्घाटन गर्नु हुदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेल प्रतिभाको खोजी अन्तर्गत पारा तथा विशेष खेलकुद प्रतियोगिता आयोजना गरेको जानकारी दिनु भयो । नेपाल सरकारले पारा खेलकुदलाई उच्च महत्व दिएको भन्दै सदस्य–सचिव घिसिङले आगामी मंसिर १८ गते देखि २१ गतेसम्म सुर्खेतमा प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने जानकारी दिनु भयो ।

    images
    images
    images

    कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद लगत्तै पारा खेलकुद गर्न सरकारले बजेट समेत विनियोजन गरेको सदस्य–सचिव घिसिङले जानकारी दिनु भयो ।पारा खेलकुद भित्र केही विवाद रहेको भन्दै सदस्य सचिव घिसिङले अव छिटै परिषद्ले समाधानका लागि ठोस् पहल गर्ने जानकारी पनि दिनु भएको छ ।

    विभिन्न १३ खेल विधामा प्रतिस्पर्धा हुने र सम्वन्धित संघहरुले १५ दिन भित्र प्रतियोगिताहरु सम्पन्न गर्ने प्रतियोगिता संयोजक एवं परिषद्की सदस्य पेमा डोल्मा लामाले जानकारी दिनु भयो ।पारा एटलेटिक्स, स्पाईनल कर्ड इन्जरी, बोसिया, नेत्रहिन क्रिकेट, पारा साईक्लिङ, एम्पुिटी फुटबल, दृष्टिविहिन खेलकुद, पारा जुडो, दुष्टिविहिन टेबलटेनिस, शारिीरिक अपागता टेबुलटेनिस, पारा पौडी, पारा भारोत्तोलन, बहिरा खेलकुद प्रतियोगिता हुने छन् ।

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - २०:५७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको