१२ असार काठमाडौँ । काठमाडौँ उपत्यकासंगै देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहेको छ । यस क्रममा आज बिहान पनि काठमाडौँ उपत्यकाका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।
काठमाडौँ उपत्यकामा पानी पर्ने क्रम केही कम भएको छ।‘तर उपत्यकाको विशेषगरी दक्षिण र दक्षिण(पश्चिम क्षेत्रमा वर्षा गराउने बादल बढिरहेको मौसमविद् अधिकारीले बताए । उनीहरुको भनाइ अनुसार दिउँसोभन्दा राति अझ बढी वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ ।
अहिलेसम्म काठमाडौँ उपत्यकामा भारी वर्षा नभएको र हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको उनले बताए। काठमाडौँमा हिजो राती पानी परे पछि बिहान पख तिर पानी हटे पनि अहिले पानी पर्ने सम्भावन धेरै देखिएको उनीहरुको भनाइ छ ।