१२ असार काठमाडौँ । केही दिन अगाडी नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहारसंगै बधाई दिएका छन् । विजेता परियारलाई आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर बधाई दिने क्रममा प्रचण्डले परियारलाई गितार समेत उपहार दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई आफ्नो निवासमा बोलाएर बधाई दिँदै सङ्गीतका क्षेत्रको विशेष विशेष कार्यक्रम आफूले हेर्ने गरेको भन्दै अब आएका युवा र अबका युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको भए सम्मर मिले सम्म सरकारबाट हुने हरेक सहयोग गर्ने समेत बताए ।
उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले अबका साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।