१२ असार काठमाडौँ । चितवनको भरतपुरमा एक युवा मृत भेटिएका छन । माडी नगरपालिका वडा न ६ बस्ने २३ वर्षिय अखिल सापकोटा बुधबार कोठ भित्र मृत अवस्थामा फेला परेका थिए ।
मृतको शव भरतपुर महानगरपालिका वडा न ७ स्थित चितवन फुटसल एण्ड स्पोर्टस जोन भित्रको कोठामा मृत फेला परेका हुन् । सापकोटाको शव घोप्टो परेर सुतेको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।
उक्त शव फेला परे पछि प्रहरीलाई खबर गरि प्रहरी आएर हेर्द एक युवाको शव देखे पछि अहिले ती मृत शवलाई पोष्टमार्टमको तयारी गर्दै घटना बारे थप अनुसन्धान अघि बढाएको प्रहरीले बताए । घटना बारे थप विवरण आउन र पहिचान खुल्न बाकी छ ।