१२ असार काठमाडौँ । चितवनको नारायणगढ - मुग्लिन सडकखण्ड आज पनि पहिरोले गर्दा अवरुद्ध भएको छ । आज बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि सडक अबरुद्वभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
१२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको छ ।भने, पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।
प्रहरीका अनुसार पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ । भने, सडक, प्रहरी लगायतका टीमले सडक खुलाउने पहल गरिरहेको जनाइएको छ । पहिरोको घटना बारे थप विवरण आउन बाकी रहेको छ ।