Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रोटरी क्लबले  ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिए

रोटरी क्लबले  ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिए

रासस

१२, आषाढ २०८१
  • 694
    SHARES
  • रोटरी क्लबले  ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिए

    १२ असार काठमाडौँ ।  रोटरी क्लबले  ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरे, अनुसन्धानकर्ताहरू राजेन्द्र सेञ्चुरी र राजकुमार ढुङ्गाना  तथा रोटरी क्लब, जाउलाखेलका अध्यक्ष विष्णुराज उप्रेतीले सुरक्षा संवेदनशीलताबारे प्रशिक्षण दिनुभएको थियो । 

    images

    पत्रकार घिमिरेले समाज द्वन्द्व बाहिर हुन नसक्ने तर त्यसको सकारात्मक व्यवस्थापन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।“पत्रकारिताको माध्यमबाट सुव्यवस्थित समाज निर्माण गर्न गरिन्छ,” उहाँले भन्नुभयो,“यसको लागि समाजका सबै समुदाय, वर्ग र क्षेत्रको विचारलाई निष्पक्ष भएर समाचारमा समेट्नुपर्छ ।कार्यपत्र प्रस्तुत गर्दै सेन्चुरीले समाजमा हरेक किसिमको द्वन्द्वको समाधान सहकार्यबाटै सम्भव हुने बताउनुभयो । पत्रकारिता समाजका निम्ति गर्नुपर्नेमा जोड दिनुभयो । 

    images
    images
    images

    पत्रकारितामा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासको उदाहरण प्रस्तुत गर्दै डा ढुङ्गानाले शान्तिसुरक्षासँग सम्बन्धित विषयमा समाचार लेख्दा अझ गम्भीर एवं संवेदनशील हुनुपर्ने बताउनुभयो । 

     

    प्रकाशित मिति :आषाढ १२, २०८१ बुधवार - १६:२९:४७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको