Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सप्तरीको बोदेबरसाइनमा २० वर्ष पछि  विवाह गर्ने किशोरीलाई रु २० हजार प्रदान गर्ने

सप्तरीको बोदेबरसाइनमा २० वर्ष पछि  विवाह गर्ने किशोरीलाई रु २० हजार प्रदान गर्ने

रासस

१३, आषाढ २०८१
  • 817
    SHARES
  • सप्तरीको बोदेबरसाइनमा २० वर्ष पछि  विवाह गर्ने किशोरीलाई रु २० हजार प्रदान गर्ने

    १३ असार काठमाडौँ । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।

    images

    नगरप्रमुख आतेशकुमार सिंहका अनुसार उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।

    images
    images
    images

    नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरिन् । 

    कृषि मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने

    कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ । कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन कृषि मिटरको महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख सिंहको भनाइ छ । कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ । 

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - १२:२८:५४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको