१४ असार काठमाडौँ । दोलखामा एक विधार्थी एसईईको नतिजा राम्रो नआएपछि झुण्डिएर आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गर्नुअघि सुसाइट नोट लेखेर बुबा आमा र परिवारका सदस्यसँग माफी मागेकी छन् ।मृत्तक जेनिसाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ ।