१४ असार काठमाडोँ । गोरखा साइड तिरको त्रिशुली नदीमा फेला परेको शवको धादिङ गंगाजमुना गाउँपालिका स्थानिय भएको अनुसन्धानमा खुल्न आएको छ । गउको असार १३ गते नदीको छेउमा बेवारिसे शव फेला परेको हो । मृत्तक अवस्थामा फेला परेको शव धादिङ गंगाजमुना गाउँपालिका वडा न ७ का ७१ बर्षिय नुरबहादुर विश्कर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बिहीबार साँझ त्रिशुली नदी माथी एक पुरुषको शव तैरिरहेको अवस्थामा देखे पछि स्थानियले प्रहरीलाई खबर गरेर खबर पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली शव भएको ठाउँमा पुगी कानुनी नियम अनुसार मुचुल्का तयार पारी शवलाई गोरखा अस्पताल लगीएको थियो ।
शुक्रबार बिहान मृत्तकका छोराले शवको पहिचान गरे लगत्तै अहिले शवको पोष्टमार्टम भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पोष्टमार्टम लगत्तै मृत्तक ब्यत्तीको शव आफन्तलाई जिम्मा लगाउने बताए ।