१४ असार काठमाडौँ । गोखाको बारपाक सलिकोट गाउँपालिका वडा न ५ को जलकन्यदेबि मा वि की एलिसा परियार गाउँपालिका उत्कृृष्ट बनेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा हिजो सार्वजनिक गरे संगै परियारले यस बर्षको एसईईमा ३ ६४ जिपिए ल्याएर गाउँपालिका टपर बनेको विद्यालयले जनाएको छ ।
यस बर्षको एसईई परिक्षामा गाउँपालिका भित्रका १० वटा विद्यालयबाट २९७ जना सहभागीता रहे मध्येमा ६४ जना मात्र उत्तिर्ण भएका छन, भने २३३ जना लाई बिषय लागेको गाउँपालिकाले जनाएको छ । जसमा हिमालयन मा वि बारपाकबाट परिक्षामा सहभागी जम्म ४४ जनामा १७ जना पास भए भने २७ जनाालाई बिषय लागेको छ ।
दुर्गा मा वि रन्चोकबाट परिक्ष्ााँमा सहभागि ४० जनामा ४ जना पास भए भने ३६ जनालाई बिषय लागेको हो । यसैगरि हिमालयन मा वि सौरपानीबाट जम्म सहभागि २५ जनामा ८ जना पास भए भने १७ जनालाई बिषय लागेको छ । सिद्वार्थ मा वि सौरपानीबाट १३ जना हसभागिमा १ जना पास र १२ जनालाई बिषय लाग्यो । माझथर मा वि स्वाँराबाट ५५ सहभागितामा ७ जना पास र ४८ जनालाई बिषय लागेको हो ।
ताकुकोटको माईकोट मा वि बाट जम्म सहभागि २५ जनामा ४ जना पास भएका छन् भने २१ जनालाई एक देखि तिन बिषय सम्म लागेका छन् । सुर्य ज्योती मा विबाट २७ जना सहभागितामा ६ जना पास भए, भने २१ जनालाई बिषय लागेको हो । गाउँपालिका टपर बनेको जलकन्यदेबि मा वि लाकुरीबोटबाट सहभागि १३ जनामा ५ जना पास भए भने ८ जनालाई बिषय लागेको छ। शैलपुत्री मा वि देउरालीबाट परिक्षामा सहभागि ४१ जनामा ११ जना पास भए भने ३० जनालाई बिषय लागेको छ ।
अन्तर ज्योती मा वि डाडाँगाउँबाट १४ जना सहभागिमा १ जना पास भए भने १३ जनालाई बिषय लागेको गाउँपालिका जानकारी दिए । गोरखा जिल्ला भित्रबाट एसईई परीक्षामा एक जनाले ‘ए सर्वोत्तम बारपाक सुलिकोट गाउँपालिका भित्रबाट एक जनाले टपर र ५८ जनाले अत्युत्तम,२४८ जनाले उत्कृष्ट ५४७ जनाले उत्तम,२९१ जनाले सन्तोषजनक,१८ जनाले ग्राह्य,आधारभूतमा शून्य र २४६५ अवर्गीकृत वा एनजी ग्रेड ल्याएको कार्यालयले जनाएको छ ।