Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिला राष्ट्रिय फुटबल टोलीलाई खेलप्रेमीको प्रोत्साहन

महिला राष्ट्रिय फुटबल टोलीलाई खेलप्रेमीको प्रोत्साहन

जोईन खबर

१४, आषाढ २०८१
  • 751
    SHARES
  • महिला राष्ट्रिय फुटबल टोलीलाई खेलप्रेमीको प्रोत्साहन

    १४ असार काठमाडौँ । साउदी अरब बस्ने नेपाली खेलप्रेमीले वाफ फुटबल च्याम्पियनसिपको उपविजेता र लेबननमा हुने फोर नेसन्स कपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई प्रोत्साहन स्वरुप शुक्रबार केल्मीको टिसर्ट प्रदान गरिएको छ ।

    images

    महिला फुटबल संघको पहलमा टोलीलाई प्रोत्साहन स्वरुप टिसर्ट प्रदान गरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० की सदस्य समेत रहेकी महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, राखेपकी सदस्य एवं संघकी महासचिव विना श्रेष्ठ, उपाध्यक्ष लुना प्रधान, सदस्य एवं राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान चन्द्रा भण्डारी, फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङलगायतले टिसर्ट हस्तान्तरण गरे ।

    images
    images
    images

    फोर नेसन्स कप जुलाइ ८ देखि १६ तारिखसम्म हुँदैछ ।यसअघि महिला फुटबल संघकै पहलमा वाफ फुटबल च्याम्पियनसिपको उपविजेता टोलीलाई साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ ९यम तमु० को प्रायोजनमा १० लाख नगदसहित सम्मान गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - २१:४१:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको