Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको स्थानिय तहमा ११ वटा विद्यालयको  एसईई नतिजमा शून्य 

गोरखाको स्थानिय तहमा ११ वटा विद्यालयको  एसईई नतिजमा शून्य 

जोईन खबर

१६, आषाढ २०८१
  • 763
    SHARES
  • गोरखाको स्थानिय तहमा ११ वटा विद्यालयको  एसईई नतिजमा शून्य 

    १६ असार काठमाडौँ  । राष्ट्रिय परिक्षा बोर्डले  माध्यमिक शिक्षा परीक्षा एसईई को नतिज सार्वजनिक गर्दा गोरखा जिल्लाको  ११ वटा विद्यालयबाट एक जना पनि  विधार्थीहरु उतीर्ण भएका छैनन् । यस बर्ष जिल्लाको शिक्षा शाखा अनुसार  जसमा एक जना पनि पास नहुने उत्तरी गोरखाको धार्चे गाउँपालिकाको  ४ वटा, सिरानचोक गाउँपालिकाको  ३ वटा आरुघाट गाउँपालिकाको २ वटा , गोरखा नगरपालिकाको १ र सहिदलखन गाउँपालिकाको १ वटा गरि जिल्ल भरिका विद्यालयबाट एक जना पनि पास नभएका हुन् ।

    images

    नतिजामा पास नभएका विद्यालयहरु सिरानचोक गाउँपालिकाको नेपाली मावि केराबारीबाट २२ जनामा २२ जना नै फेल भएका हुन ,भने  हिमाली मावि गाँखुबाट १४ जना सहभागीमा १४ जना नै फेलचन्द्रोदय माविका १२ जना सहभागीमा १२ जना नै फेल भएका थिए । धार्चे गाउँपालिका को  सूर्योदय मावि,कालरात्री मावि, प्रभातकिरण मावि र  मञ्जुश्री माविको एसईई नतिजा शून्य प्रतिशत देखिएको हो ।  आरुघाट गाउँपालिकाका गणेश मावि र अलैँचे माविको पनि उतीर्ण संख्या शून्य रहेको पालिकाले जनाएको छ ।

    images
    images
    images

    गोरखा नगरपालिका ८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाँडा र सहिद लखन गाउँपाकिला १ महेन्द्रशक्ति मावि बक्राङका सहभागी परीक्षार्थीहरु कोही पनि उतीर्ण हुन सकेनन् ।जिल्लाबाट सहभागी जम्मा ३ हजार ६ सय २८ जनाले परीक्षा दिएका मध्ये एकहजार एकसय ६३ जना उतीर्ण भए भने अरु बाकी सबै फेल भएका हुन् । जिल्ला भित्रबाट सहभागि विधाथीहरुमा गोरखा नगरपालिकाबाट ७५८ जना सहभागिमा  ३२४ जना मात्र  उतीर्ण  पालुङटारबाट ५४७ जना परिक्षामा सहभागिमा २३५ जनाले मात्र उतीर्ण ,गण्डकी गाउँपालिकाबाट ३०४ जनाले दिएको परिक्षामा ९८ जना मात्र उतीर्ण भएका छन् ।

    जसमा सहिद लखन गाउँपालिकाबाट २३९ जना मध्ये जम्मा ५१ जना मात्र उतीर्ण  भीमसेनथापा गाउँपालिकाबाट २८६ जनामा  १०२ जना मात्र उतीर्ण,अजीरकोट गाउँपालिकाबाट २०६ जनामा ३६ जना मात्र उतीर्ण, बारपाक सुलीकोट गाउँपालिकाबाट २९७ जना परीक्षार्थीहरुमा  ६४ जना मात्र उतीर्ण, धार्चेबाट २०४ जना सहभागीमा १६ जना मात्र उतीर्ण,चुमनुब्री गाउँपालिकाबाट ५५ जना सहभागीमा १६ जना उतीर्ण,सिरानचोक गाउँपालिकाबाट २७१ जना सहभागीमा ७३ जता मात्र उतीर्ण भएका छन् । आरुघाट गाउँपालिकाबाट सहभागी ३१४ जना परीक्षार्थीमध्य ९९ जना मात्र उतीर्ण भएका पालिकाहरुले जनाएका छन् । अब बाकी फेल वा बिषय लागेकाहरुको परिक्षाको लागि थप पढाई भइ परिक्षा साउन १८ गतेबाट हुने भएको छ । 

    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १४:१४:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको