१६ असार काठमाडौँ । काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरमा पार्किङ राखेको स्कुटरमा आगलागी भएको छ ।
अम्बिका मार्ग डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न ८ घर भएका २९ वर्षीय माधव तिमिल्सिनाले आफ्नै कोठा अगाडी बाटोको छेउमा पार्किङ गरी राखेको बा.५० प २९७४ नम्बरको स्कुटरमा शनिबार दिउँसो आगलागी भएको हो ।
आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।