१७ असार काठमाडौँ । नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटदै बधाइसहित सारंगी उपहार दिएका छन्।
अध्यक्ष आलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बधाई दिँदै करणलाई सारंगी उपहार दिएका हुन्।
नेपाल आइडल सिजन ५ का विजेता करण परियार र उप–विजेताहरूलाई बधाई तथा शुभकामना दिन एमालेले आइतबार च्यासलमा एक कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी भएका थिए।