३० चैत काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं स्वागत गर्नुभएको छ ।
हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक नेपाल विमानस्थलमा आएपछि आगमन कक्षमै पुगेर मन्त्री किरातीले स्वागत गर्नुभएको हो ।
कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ ।