Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाल यौन दुरुपयोगमा समातिएका बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको  फैसला

बाल यौन दुरुपयोगमा समातिएका बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको  फैसला

जोईन खबर

१७, आषाढ २०८१
  • 847
    SHARES
  • बाल यौन दुरुपयोगमा समातिएका बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको  फैसला

    १७ असार काठमाडौँ । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

    images

    जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको हो ।यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । आजको इजलासले पूर्ण फैसला गरेको हो ।

    images
    images
    images

    अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

    सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - २२:१२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको