Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनाङमा अबिरल बर्षासंगै  तिमाङ खोलामा आएको बाढीले पक्की पुल बगायो 

मनाङमा अबिरल बर्षासंगै  तिमाङ खोलामा आएको बाढीले पक्की पुल बगायो 

जोईन खबर

१९, आषाढ २०८१
  • 760
    SHARES
  • मनाङमा अबिरल बर्षासंगै  तिमाङ खोलामा आएको बाढीले पक्की पुल बगायो 

    १९ असार काठमाडौँ । गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको तिमाङ खोलाबाट आएको  बाढीले पक्की पुल बगाएको छ । मंगलबार साँझ परेको पानीले  काठेपुलसंगै पक्की पुल बगाएको हो ।

    images

    बाढीले तिमाङ खोलाको पक्की पुल बगायो । तिमाङको ठूलो छहरा र सानो छहरा गरी २ पक्की पुल निर्माण गरिएको थियो ।मंगलबार दिउँसोदेखि परेको अविरल वर्ष र त्यसपछिको बाढीले सुरुमा माथिल्लो क्षेत्रस्थित काठेपुल बगाएको र राति पक्की पुल बगाएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

    images
    images
    images

    जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेका अनुसार बाढीले पुल बगाउनुका साथै ढुंगामुढा सडकमा थुप्रिएको छ । सदरमुकाम चामेसहित माथिल्लो मनाङ क्षेत्रका लागि तल्लो क्षेत्रसँग सडक सम्पर्क टुटेको उनले बताए ।

    ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार ३ सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याव कल्भर्ट पुल ११ लाख ८५ हजार ५ सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - ११:१८:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको