१९ असार काठमाडौँ । अर्घाखाँचीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्ति लाई पक्राउ गरेको छ ।
उक्त घटनामा पक्राउ पर्ने मालारानी गाउँपालिका वडा न ६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताए । घटना बारे थप विवरण आउन बाकी रहेको छ ।