Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक बहुप्राविधिक शिक्षालयमा कृषि र पशु विज्ञान तीन बर्षीय डिप्लोमा तहमा  भर्ना खुल्यो 

बारपाक बहुप्राविधिक शिक्षालयमा कृषि र पशु विज्ञान तीन बर्षीय डिप्लोमा तहमा  भर्ना खुल्यो 

जोईन खबर

१९, आषाढ २०८१
  • 1.5K
    SHARES
  • बारपाक बहुप्राविधिक शिक्षालयमा कृषि र पशु विज्ञान तीन बर्षीय डिप्लोमा तहमा  भर्ना खुल्यो 

    २५ असार काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउॅपालिका वडा नं ४ सौरपानीमा  रहेको बारपाक बहुप्राविधिक शिक्षालयमा कृषि र पशु विज्ञान बिषयमा  तीन बर्षीय डिप्लोमा भर्ना खुलेको छ । यस आंगिक शिक्षालयको रुपमा स्थापित बारपाक  बहुप्राविधिक शिक्षालयले सैद्धान्तिक कक्षा बारपाकको आफ्नै शिक्षालयमा सञ्चालन गर्ने भएको छ ।

    images

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले असार १६ गते देखि साउनको १३ गते भित्र यस शिक्षालयमा अध्ययन गर्न चाहने बिधार्थीहरुले  प्रवेश परिक्षाको लागि कार्यालयमा आएर परिक्षाको  फराम बुझाउन एक सूचना सार्वजानिक गरिएको हो । यसै सूचनाको आधारमा शिक्षालयले प्रवेश परिक्षा साउनेको १९ गते बिहान ८ बजे शिक्षालयको कार्यालयमा गर्ने समेत अनुरोध गरेको छ । यस बर्ष बारपाक बहुप्राविधिक शिक्षालयमा  बाली बिज्ञान र पशु बिज्ञान ४०/४०  जनाको कोटा  रहेको हुदा कम खर्चमा  पढन चाहाने बिधार्थीहरुले समयमा फराम बुझाउन  अनुरोध गरिएको हो ।  बाली विज्ञान र पशु विज्ञानमा भर्ना हुन बिद्यार्थीले एसईईमा गणित,बिज्ञान र अंग्रेजी मध्ये कुनै दुई बिषयमा सी र अर्को एक बिषयमा डि प्लसु ग्रेड ल्याएको हुनु पर्ने शिक्षालयले जनाएको छ ।

    images
    images
    images

    barpak2.jpg                            बारपाक बहुप्राविधिक शिक्षालयका बिधार्थीहरुले फलाएका तरकारीहरु तस्विर:शिक्षालय

    शिक्षालयले  तीन बर्षको शुल्क २२ हजार ५०० सय  र धरौटी बापत तीन हजार शुल्क  तोकिएको छ ,भने गाउँपालिकाको सहुलीयत  बारपाक सुलिकोट गाउॅपालिकाको विद्यार्थीहरूलाई गाउॅपालिकाले ५० प्रतिशत छात्रवृत्तीको ब्यवस्था  समेत गरेको गाउॅपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानाकारी दिनुभएको छ । बिद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन तिन प्रती फोटो  एसईई पासको मार्कसिट, जन्मदर्ता वा नागरिकताको फोटोकपी र प्रवेशपरिक्षा शुल्क रु १५०० सहित हुडींफाटमा रहेको शिक्षालयको कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको छ । यस शिक्षालयको बारे बुझन थप जानकारीको लागि ९८५६०१५२०४ र ९८५६०१६२०४ नम्बरमा सम्पर्क गर्न बारपाक बहुप्राविधिक शिक्षालयका संयोजक सुवास ओलीयाले जानकारी दिनु भएको छ ।

    barpak4.jpg

                                                           बारपाक बहुप्राविधिक शिक्षालयमा उत्पादन भएको आलु  तस्विर:शिक्षालय

    यस शिक्षालय वि स  २०७६ सालबाट सञ्चालन  हुदै आएको छ । उक्त बारपाक  बहुप्राविधिक शिक्षालयमा  पशु विज्ञान र कृषि विज्ञान प्राविधिक बिषयको पढाइ हुने छ । यो प्राविधिक शिक्षालय नेपाल सरकारबाट स्वीकृत भई सञ्चालनमा  ल्याएको गाउपालिका प्रवक्ता जित बहादुर नेपालीले बताउनु भयो। यहाँ बारपासलिकोट लगायत अरू छिमेकी पालिका तथा गोरखा भन्दा बहिराबाट त्यहाँ पढन आउनेहरुलाइ छात्रा बासको समेत व्यवस्था रहेको छ । यस शिक्षालयले  स्थापना गरेको पहिलो वर्षमा  बिधार्थीहरूलाइ लगभग ६० रोपनी  जग्गामा  विद्यार्थीहरुको प्राक्टिकलको लागि कृषि तथा पशुपालन क्षेत्रमा सहयोग पुग्ने हिसाबले गाउँपालिकाको आर्थिक सहयोगमा प्राक्टिकल गर्दै पढने अवसर समेत स्थापन गरिएको छ ।

    barpak7.jpg

                                                                     बारपाक बहुप्राविधिक शिक्षालयमा खुकुरा पाल्न   तस्विर:शिक्षालय

    जसमा कृषि क्षेत्रमा विद्यार्थीहरुले पढ्दै आफ्नो सिपको र शिक्षाको सदुपयोग बाट उक्त जग्गामा धान खेती, तरकारी खेती ,बङगुर पालन, कुखुरा पालन, बाख्रा पालन गरि कृषि पशु सम्बन्धि प्राक्टिकलको काम तिन बर्षे कोर्सको रूप गर्दै आएको पनि शिक्षायलका संयोजक ओलीयाले बताउनु भयो ।  शिक्षायलका संयोजक ओलीयाका अनुसार यस शिक्षालयलाई गण्डकी प्रदेशकै नमुना शिक्षालयको रुपमा  बारपाक बहुप्राविधिक शिक्षालय रहेको समेत चर्चाको बिषय बन्नेको बताउ । यो स्थापना भएको पहिलो सुरुवाती देखिनै अध्ययन गर्न बाहिरी  जिल्ला  गोरखा ,लम्जुङ, चितवान, हुम्ला रुकुम, रोल्पा लगायत १३ वटा जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि  आएका छन् ।

    barpak5.jpg

                                           बारपाक बहुप्राविधिक शिक्षालयका विधार्थीहरु कम्पोस्ट मल बनाउदै   तस्विर:शिक्षालय

    विद्यार्थीहरुलाई कम खर्चमा यहाँबाट शिक्षा लिन सुविधा पुगेको छ । जसमा अहिले बारपाक बहुप्राविधिक शिक्षालयले आफनै सुविधा सम्पन्न भवनमा नायँ कक्षा सञ्चालन गर्ने तयारि भएको छ । यस शिक्षालयले सुरु देखि नै पढदै कमाउदै भने कार्यक्रम अन्तरगत उक्त  प्राविधिक शिक्षालयमा  विधार्थीहरूले  पशुपालन र अन्नबालि तरकारी खेती गरेर राम्रो आम्दानी समेत गर्दै आएका शिक्षालयका संयोजक ओलीयाको भनाई छ । अब आउने बिधार्थीहरु सिकाउदै धेरै रोपनीमा धान समेत रोपेका छन्  गाउँपालिका कार्यालयले वा शिक्षालयले  पढन मन हुदा हुदै पनि गरिबीका कारण पढन नपाउने विधार्थीको लागि वार्षिक शुल्कका आधारमा ५०प्रतिशत अनुदान समेत  दिने व्यवस्था पनि गरेको छ । त्यसैले प्राविधिक शिक्षालयको लागि एक मात्र खर्च कम हुने प्रदेश भित्रको सबै भन्दा सस्तो र आर्षण शिक्षालयको रुपमा मानिदै आएका छन् ।                                       

    barpak6.jpg                                        बारपाक बहुप्राविधिक शिक्षालयमा च्याउ उत्पादन   तस्विर:शिक्षालय

     

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १६:४८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको