२० असार काठमाडौँ । उत्तरी गोरखाको धार्चेमा ११ सय भन्दा बढीको धुपी रापिएको छ । यस धुपीको विरुवा धार्चे गाउँपालिका वडा न ४ लाप्राकमा रोपिएको हो । उक्त धुपी रोप्ने कार्यक्रम लाप्राक सांस्कृतिक उत्थान तथा सतिघाँटु संरक्षण समितिको आयोजनामा धुप र धुपी रोपिएको समितिका सचिव प्रसाद गुरुङले बताए ।
‘लाप्राकको पुरानो गाउँदेखि गुप्सी पाखाको सेरोफेरोमा धेरै भन्दा धेरै देवीथान रहेकोले त्यसै ठाउँलाई मध्यनजर राखेर धुप र धुपी गरी ११ सय भन्दा माथि विरुवा लगाएको सचिव गुरुङले जानकारी दिए ।
त्यस वरपर लगभग २५ २६ वटा देवीथानको संरक्षणका लागि बृक्षारोपण गरिएको बताए ।धुपीका बिरुवाहरु भने धार्चे स्थित ताराम्चो सामुदायिक वन क्षेत्रबाट ल्याइएको हो । देवीथानमा पुजा गर्दा धुपी धेरै प्रयोग हुने भएर यो कायै गरिएको उनको भनाइ छ ।
धुप र धुपीले सतिघाँटु प्रथामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पनि यसको संरक्षणमा लाप्राक सांस्कृतिक उत्थान तथा सतिघाँटु संरक्षण समिति जुटेको समितिका सचिव प्रसाद गुरुङ बताउँछन् ।