Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक  लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ 

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक  लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ 

जोईन खबर

२०, आषाढ २०८१
  • 793
    SHARES
  • राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक  लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ 

    २० असार काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनामा नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ भएको छ । सुरुङ मध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग  छिचोलिएको नेपाली सेनाले जनाएको छ ।प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको  अवलोकन गरेका छन् ।

    images

    सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेको भन्दै खुसी व्यक्त गरे । उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।

    images
    images
    images

    सो अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीहरूको  उपस्थिति रहेको थियो ।गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएको थियो । 

    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - १६:२९:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको