Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँसहित देशका विभिन्न स्थानमा भारी बर्षा,ललितपुरमा बाढी

आज काठमाडौँसहित देशका विभिन्न स्थानमा भारी बर्षा,ललितपुरमा बाढी

जोईन खबर

२२, आषाढ २०८१
  • 796
    SHARES
  • आज काठमाडौँसहित देशका विभिन्न स्थानमा भारी बर्षा,ललितपुरमा बाढी

    २२ असार काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मध्याम तथा भारी बर्षा भएको   जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।अझ थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा उपत्यकाको नदी क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    images

    आज ललितपुर जिल्लास्थित वाग्मति नदी खोकना जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले वाग्मतिको नदी तटीय क्षेत्रमा रहनुहुनेले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले एसएमएस मार्फत अलर्ट समेत जारी गरेको छ ।

    images
    images
    images

    त्यस्तैगरी पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका यसैबीच मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । अकोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - ०९:०१:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको