२२ असार काठमाडौँ । केही दिन देखि परेको भारी वर्षाका कारण पहिरो जादा राप्ती सडक खण्ड अवरुद्ध भएको छ । सल्यान खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ स्थित चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
सडकमा माथि बाटको खसेको पहिराले सवारहरु ओहोरदोहोर गर्ने नपाउदा दर्जनौं गाडी र यात्रुहरू अलपत्र परेका प्रहरीले बताए । अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडकमा ठूलाठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लाग्ने उनले बताए ।
सडक निर्माणमा स्काभेटर, डोजर परिचालन गरेर तत्काल पहिरो हटाउने काम भइरहेको छ । केही समयमा सडक सञ्चालनमा आउँने प्रहरी निरीक्षक धमलाले जानकारी दिए ।