Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दूध बिक्री गरेर घर फर्किदा खोलाले बगाएका ३ जनामा १ जना बेपत्ता,२ जनाको उद्वार

दूध बिक्री गरेर घर फर्किदा खोलाले बगाएका ३ जनामा १ जना बेपत्ता,२ जनाको उद्वार

जोईन खबर

२२, आषाढ २०८१
  • 853
    SHARES
  • दूध बिक्री गरेर घर फर्किदा खोलाले बगाएका ३ जनामा १ जना बेपत्ता,२ जनाको उद्वार

    २२ असार काठमाडौँ । दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् ।  अर्काेकाे दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले बताए छ ।

    images

    लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन ।दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

     

    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - १७:३९:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको