Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल बर्षापछि पहिरो खस्दा पोखरा जोडने प्रया धेरै सडक क्षेत्र अवरुद्व

अविरल बर्षापछि पहिरो खस्दा पोखरा जोडने प्रया धेरै सडक क्षेत्र अवरुद्व

जोईन खबर

२२, आषाढ २०८१
  • 694
    SHARES
  • अविरल बर्षापछि पहिरो खस्दा पोखरा जोडने प्रया धेरै सडक क्षेत्र अवरुद्व

    २२ असार काठमाडौ । केही दिन लगातार परेको अविरल वर्षा कारण खसेको पहिरोले पोखरा जाने प्रया सबैतिरका सडकहरु अवरुद्ध भएका छन्। पोखरा जाने बाटो ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालेजनाएको छ ।

    images

    यहाँ भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको हो ।  पोखरासँग जोडीएको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानैदेखि बन्द रहेको छ।हवाई यातायात पनि हुन नसकेको उनले बताए। सिद्धार्थ र पृथ्वी राजमार्गमा बढी समस्या भएको उनले बताए।

    images
    images
    images

    उनका अनुसार बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको तनहुँस्थित आँबुखैरेनी -२ मा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। स्थानीय प्रशासनले राजमार्गका विभिन्न ठाउँमा पहिरो झरेकोले वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ। त्यस्तै तनहुँकै म्याग्दे गाउँपालिका–६ मौरीमा पनि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। मौरीमै सडकको हिलोमा फँसेका सवारीका कारण राजमार्गमा यातायात अवरुद्ध भएको थियोपहिरोले आवागमन रोक्ने नै भयो, बिस्तारको क्रममा रहेको राजमार्गमा माथिबाट लेदो बगेर आउँदा झनै समस्या थपिएको छ,’ रेग्मीले भने, ‘पहिरो गएको ठाउँमा खुलाउने प्रयास जारी छ।

    धेरैतिर पहिरो खसेकोले राजमार्ग सुचारु गर्न सहज छैन। बगेर आउने लेदो रोक्ने उपाय छैन।’ लेदोमा फँसेका गाडीका कारण राजमार्ग सुचारु गर्न अझै समस्या भएको उनले बताए।ठाउँठाउँमा पहिरो खसेको छ। जिल्लामा भएभरको सुरक्षा जनशक्ति परिचालन भएको छ,’ उनले भने। उनका अनुसार पृथ्वी राजमार्गको तनहुँको सदरमुकाम दमौलीबाट भित्री बाटो हुँदै साना सवारी पोखरातर्फ गएपनि राजमार्गमा रोकिएका ठुला सवारीका यात्रु भने अलपत्र परेका छन।पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीमा रोकिएका नागरिक संवाददाता बसन्त ढुंगानाका अनुसार पहिरो र लेदोले गर्दा गाडी गुड्न सक्ने अवस्था छैन। ‘बिहान ९ बजेदेखि नै राजमार्ग अवरुद्ध भएको छ।

    साना सवारी तनहुँ सदरमुकाम दमौलीबाट भित्री बाटो हुँदै पोखरातर्फ लागेपनि ठुला सवारी भने मुख्य राजमार्गमा रोकिएका छन । त्यस्तै बेनी–जोमसोम सडक खण्डको म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।वर्षाका कारण भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि खुल्न सकेको छैन। सबै हवाई उडान नहुँदा पोखरा विमानस्थलमा यात्रुको भीडभाड रहेको उनले बताए । ‘विमानस्थल खुल्ने समय यकिन गर्न सकिन्न। किनकी वर्षा भईरहेकोले कतिबेला खुल्छ भन्न थतहा नभएकाे जनाए ।

    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - २२:०९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको