Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँमा गएको पहिरोमा परि गोरखा शहिदलखनका मनोजको मृत्यु 

काठमाडौँमा गएको पहिरोमा परि गोरखा शहिदलखनका मनोजको मृत्यु 

जोईन खबर

२२, आषाढ २०८१
  • 1.1K
    SHARES
  • काठमाडौँमा गएको पहिरोमा परि गोरखा  शहिदलखनका मनोजको मृत्यु 

    २२ असार काठमाडौँ ।  केही दिन देखि परेको बर्षाकारण  गएको पहिरोमा परि गोरखाका एक युवाकको मृत्यु भएको छ । पहिरो काठमाडौंको नागार्जुन नगरपालिका वडा न ३ सिंगल ट्रि गएको हो ।

    images

    आज शनिबारकरिब ११ बजे  तिर ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिकावडा न ६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीका अनुसार उनी केही समय पहिले देखि गाउँबाट आएर नागार्जुन नगरपालिकाको ट्रपिकल रेष्टुरेन्टमा  किचन हेल्परका रुपमा काम गर्दै आएका मनोज बिकको माथिबाट खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिए ।

    घटना हुने बितिकै उनलाई उपचारको लागि स्वयम्भुको  मनमोहन मेमोरियल अस्पतालमा पुराइएको थियो । बिकलाई अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले बताए । 

     

     

    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - २२:३७:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको