Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनमा बाढीले  झोलुङ्गे  बगायो 

चितवनमा बाढीले  झोलुङ्गे  बगायो 

जोईन खबर

२३, आषाढ २०८१
  • 643
    SHARES
  • चितवनमा बाढीले  झोलुङ्गे  बगायो 

    २३ असार काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–३ स्थितमा रहेको नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो ।

    images

    गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराए । 

    images
    images
    images

    शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

    भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - ११:४४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको