२३ असार काठमाडौँ । अबिरल बर्षा संगै आएको बाढीमा परि दुई दिनमा १४ जनाको मृत्यु भएको छ । हिजो आज गरेर दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् ।२ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३र३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २र२ तथा काठमाडौं र उदयपुरमा १र१ जनाको मृत्यु भएको छ ।
यसै घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि काठमाडौं उपत्यका सहितका पूर्वी भागमा तुलनात्मक रूपमा मौसममा सुधार देखिएको छ ।
सोमबारदेखि मौसममा आजको भन्दा पनि धेरै सुधार देखिने पूर्वानुमान छ ।