२३ असार काठकाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असारको २८ गते विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार प्रमुख दल नेकपा ९एमाले०ले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन्। संविधानमा कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनै पर्ने व्यवस्था रहेको छ।
दाहाल नेतृत्वको नेकपा ९माओवादी केन्द्र०का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, नेकपा ९एकीकृत समाजवादी०का १० र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका सात सांसद अहिलेसम्म विश्वासको मतको पक्षमा देखिन्छन्।
बहुमतका लागि आवश्यक सांसदको संख्या १३८ पुर्याउन प्रधानमन्त्री दाहालले थप ६८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेस–एमाले गठबन्धनमा खुलिसकेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता गठबन्धन गर्ने सहमति भएसँगै एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
