२४ असार काठमाडौँ । प्रतिनिधि सभामा आज अर्थ समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छन् । बैठक आज दिउँसो २ बजे बस्नेछ।
अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ।