२४ असार काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाले २८ जना महिलालाई नगद आर्थिक सहगो गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सबै वडा २८ जना विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग एक कार्यक्रम बिच हस्तन्तरण गरिएको हो । नगरपालिकाले उपमेयर सवल नेतृत्व कार्यक्रम’ अन्तरगत १४ वडाबाट प्रति वडा २ जनाका दरले आर्थिक सहयोग गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका र केही व्यवसाय सुरु गर्न चाहने विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गरिएको गोरखा नगरपालिकाको नगरकार्यपालिका सदस्य सावित्रा थापा मगरले जानकारी दिनु भयो । यस नगरपालिकाले विपन्न तथा एकल महिलाहरुलाई प्रतिव्यक्ति १५ हजारका दरले रकम हस्तान्तरण गरिएको यहाँको भनाइ छ ।
विपन्न भएर मात्र भएन, दिएको रकमको सहि सदुपयोग गर्ने र केही गर्छु भन्ने ईच्छा शक्ति भएका महिलाहरुलाई छनोट गरेर सहयोग गरेका बताउनु भयो । संस्थाका संयोजक हरि देवकोटाको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसली माया थोकर, नगर कार्यपालिका सदस्य साबित्रा थापा मगर लगायतको विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।